शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश नं १ सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक


  • माउन्टेन खबर
  • शनिबार, पुस १०, २०७८
  • 596
    SHARES

विराटनगर, १० पुस ।  प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले आर्थिक स्रोत, साधन एवं समयलाई ख्याल गरेर तीव्ररूपमा विकास गर्ने बताउनुभएको छ । प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै आज यहाँ मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधारमन्त्री हिमाल कार्की, सामाजिक विकासमन्त्री जयराम यादव र सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले सामूहिकरूपमा सरकारको साझा दृष्टिकोण सार्वजनिक गरेको गर्नुभयो ।

मुख्यमन्त्री राईले ‘न्यूनतम साझा कार्यक्रममा कोभिडबाट आम नागरिकलाई बचाउन खोपको व्यवस्था गर्ने, प्रदेशको नामाकरणलाई प्राथमिकतामा राख्ने र सुशासन कायम गर्ने भन्दै राजस्व बढाउने तथा खर्च कटौती गर्ने न्यूनतम साझा कार्यक्रमको प्रमुख उद्देश्य हो’ भन्नुभयो ।

उहाँले कृषि, सिँचाइ, मल र बीउमा किसानलाई प्रोत्साहन गर्ने भन्दै विकास निर्माणमा पर्यावरणलाई पनि बचाउन विशेष ध्यान दिने साझा कार्यक्रम भएको उल्लेख गर्नुभयो । बजेटमा केही परिपार्जन गरी अनुत्पादक क्षेत्रमा छुट्याएको बजेटलाई बहुवर्षीय योजना वा नयाँ योजना लगाउने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ उहाँले घाटा हुने र जनहित नहुने योजना हटाउने बताउनुभयो ।

मुख्यमन्त्री राइले पाँच राजनीतिक दलको गठबन्धनबाट बनेको यो सरकारलाई पूर्णता दिन आन्तरिक छलफल एवं गृहकार्य भइरहेको जानकारी दिँदै गठबन्धन दलहरूको अधिवेशनका कारणले पनि सरकार विस्तार हुनमा ढिलाइ भएको स्पष्ट पार्नुभयो । अहिलेको सरकार उत्तरदायी, जवाफदेही र सहमति एवं सहकार्यलाई बढावा दिने भन्दै मुख्यमन्त्री राईले भन्नुभयो, “कानुनी शासन, पारदर्शी र समतामूलक समावेशीमा सरकारले विशेष ध्यान दिने छ ।” वर्तमान सरकार गठन भएपछि नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जसपा नेपाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालले संयुक्तरूपमा सरकार न्यूनतम साझा कार्यक्रम बनाउन समिति बनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }