सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँ सरकार गठनविरुद्ध केदार कार्कीले दायर गरेको रिट दर्ता


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २७, २०८१
  • 34
    SHARES

काठमाडौँ । कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट बिहीबार दिउँसो सर्वोच्च प्रशासनले दर्ता गरेको हो ।

कार्कीले रिट निवेदनमा अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार मध्यरातमा दुई दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेका थिए ।

२७ असोजमा केदार कार्की सरकार गठनको अन्तिम विकल्प उपधारा ५ अनुसार नै मुख्यमन्त्री नियुक्त भएका थिए ।नेपाली कांग्रेसका ८ सांसदसहित विद्रोह गरेका केदार कार्कीलाई एमालेका ३९ सांसदले समर्थन गरेको थियो ।

उता, कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् । उनले आजै पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }