आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टानको अध्यक्षमा निलहरि बाँस्तोलाले उम्मेदवारी दिने


  • माउन्टेन खबर
  • सोमवार, पुस १२, २०७८
  • 1.5K
    SHARES

काठमाडौँ, १२ पुस । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसियन अफ नेपाल (टान)को अध्यक्षमा युवा पर्यटन व्यवसायी निलहरी बाँस्तोलाले उम्मेद्वारी दिने हुनुभएको छ ।

टानको पूर्व उपाध्यक्षसमेत रहनुभएका बाँस्तोलाले आगामी माघ २८ गते हुन लागेको ४३ औँ साधारण सभा एवम् निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिन लाग्नुभएको हो ।

बाँस्तोलाको एशियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, हस्तकला निर्यातलगायतका उद्योग व्यवसायमा लगानी छ । यस्तै, उहाँ एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्य गर्दै आउनुभएको छ ।

विगत २६ वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा पूर्ण रुपमा लाग्नुभएका बाँस्तोला सोलुखुम्बु निवासी हुनुहुन्छ । उहाँले सन् २००२ मा टानको साधारण सदस्य लिनुभएको थियो । बाँस्तोलाले पर्वतीय पर्यटनको विस्तारका लागि देश तथा विदेशमा भ्रमण गर्नुभएको छ । टानको साधारण सदस्य लिएसँगै टानको विभिन्न समितिमा बसेर काम गर्नुभएको अनुभव छ ।

एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत भूकम्प, नाकाबन्दी र कोरोनाको समयमा अग्र भागमा रहेर सामाजिक कार्य गर्दै आउनुभएका बाँस्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य एवम् सन् २०१७–२०१९ मा द्धितीय उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)