शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

‘महिनावारी हुँदा रक्तश्रावको समस्या देखिएमा चिकित्सकको सल्लाह लिनुहोस्’


  • माउन्टेन खबर
  • मङ्लबार, पुस १३, २०७८
  • 552
    SHARES

डा. आभा शाक्य श्रेष्ठ
स्त्री तथा प्रसुती रोग विशेषज्ञ
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी

महिनावारी महिलाहरुमा हुने नियमित प्रक्रिया हो । महिनावारी हुँदा कुनैकुनै महिलाहरुमा अत्याधिक रक्तश्राव हुने समस्या हुन्छ । महिलाहरुमा नर्मल २१ देखि ३५ दिनमा महिनावारी हुने भएपनि कुनैकुनै महिलाहरुमा सोभन्दा चाँडो वा ढिलो हुने गर्दछ । उक्त समस्यालाई महिनावारीको समस्या भनिन्छ । महिनावारी भनेको के हो ? महिनावारीमा हुने रक्तश्रावको समस्या कस्तो हुन्छ ? र यसको उपचार कसरी गर्न सकिन्छ भन्ने बारेमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा आभा शाक्य श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादन अंश ।

महिनावारी भनेको के हो ?

महिनावारी भनेको हरेक महिलामा हुने रक्त स्खलनलाई बुझिन्छ । यो नियमित प्रक्रिया हो । उक्त रक्त स्खलन सामान्यतय २१ देखि ३५ दिनमा हुने गर्दछ ।

महिनावारीमा हुने रक्तश्रावको समस्या के हो ?

महिलाहरुमा महिनावारी समयमा नहुनेदेखि बढी रक्तस्खलन हुनेसम्मलाई रक्तश्रावको समस्या भनिन्छ । रक्तश्रावको समस्या भन्दा महिनावारी हुँदा सात दिनभन्दा बढी रगत बग्नु, समयमा महिनावारी नहुनु, २१ दिनभन्दा छिटो वा ३५ दिनभन्दा पछिसम्मपनि रगत बग्नु रक्तश्रावको समस्या हुन् । शारिरिक सम्पर्क गर्दासमेत पाठेघरमा रगत देखा पर्ने, महिनावारी सुकिसकेको महिलाहरुमा पुन रगत देखा पर्ने पनि महिनावारीमा हुने रक्तश्रावका समस्या हुन् ।

अत्याधिक रक्तश्राव कसरी थाहा पाउने ?

अत्याधिक रक्तश्राव भनेको महिनावारीको समयमा ८० मिलिलिटर भन्दा बढी रगत बहनुलाई बुझिन्छ । महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने प्याड वा टालोमा धेरै रगत बगेर दुई वा दुईभन्दा बढी प्याड एकैपटक प्रयोग गर्नुपर्ने, रगतमा चौटा देखिने, सात दिनभन्दा बढी रगत बहनु आदिबाट अत्याधिक रक्तश्राव भएको थाहा पाउन सकिन्छ ।

रगत धेरै बगो भने कस्तो समस्या देखिन्छ ?

महिनावारी हुँदा रगत बढी वगोभने महिलाहरुमा रगतको समस्या देखिन्छ । रगत बढी बगोभने एनिमिया हुन्छ, जसमा रगतको कमी हुन्छ । रगतको कमी भयोभने अक्सिजनको मात्रा कमी हुने र विरामी हुने हुन्छ । जसका कारणले मुटुमा असर, विरामीलाई बढी थकान हुने, मुटुको धडकन बढ्नेलगायतका समस्या देखिन थाल्छ ।

बढी रक्तश्राव भयो भने कस्तो खालको उपचार गरिन्छ ?

एकदमै राम्रो प्रश्न गर्नुभयो । महिलाहरुमा अत्याधिक रक्तश्राव भयो भने उमेरअनुसारका महिलाहरुमा फरक फरक उपचार गर्नुपर्ने हुन्छ । उपचार उमेरअनुसार विभिन्न खाले हुन्छन् । बढी रक्तश्राव भयोभने हर्मोनल र ननहर्मोनल औषधीको प्रयोग गर्न सकिन्छ । सुरुमा बढी रगत बहने महिलाहरुलाई रगत आउन नदिन वा रोक्न औषधी दिनुपर्ने हुन्छ । यसका अलावा खाने औषधी, सिरिन्ज र पाठेघरमा राख्ने औषधीहरु प्रयोग गरेर उपचार गर्न सकिन्छ ।

बढी रक्तश्रावको समस्या भएका महिलाको पााठेघर निकाल्नुपर्छ भन्ने हुन्छ की हुँदैन ?

सबै महिलाहरुको रक्तश्रावको समस्या भयोभने पाठेघर निकाल्नुपर्छ भन्ने हुँदैन । कस्तो महिलालाई रक्तश्रावको समस्या भएको छ त्यहीअनुसार उपचार विधि अगाडि बढाउनुपर्ने हुन्छ । पाठेघर निकाल्ने भनेको अन्तिम अवस्थामा मात्र हो । डाक्टरको ध्यान भनेको रगत कमी भएकालाई बढाउने वा उपचार गर्ने भन्ने नै हुन्छ । ट्युमर पाठेघरमा पलायो भने अप्रेसन गरेर पाठेघर निकाल्नुपर्ने पनि हुन सक्छ ।

पाठेघर निकालेपछि कस्तो समस्या आउन सक्छ ?

युवा उमेरमा पाठेघर समस्या देखियोभने त्यस्ता व्यक्तिलाई ठूलो समस्या देखा पर्न सक्छ । पाठेघर निकाल्योभने महिलाहरुको बच्चा नहुने, महिलाहरुमा उकुसमुकुस हुने, पसिना आउने, डिप्रेसन हुनेलगायतका समस्या पनि देखिन सक्छन् ।

महिनावारी सुकिसकेका महिलामा रक्तश्राव हुनु कस्तो लक्षण हो ?

महिनावारी सुकेको महिलामा पुनः महिनावारीको समस्या देखिनु राम्रो संकेत होइन । पुन रक्तश्रावको समस्या देखियो भने डाक्टरको सल्लाह लिनुपर्ने हुन्छ । पाठेघरभित्र मासु पलाउँदा पनि रक्तश्रावको समस्या देखा पर्न सक्छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

महिनावारीको समस्या ठूलो छ । महिनावारीमा रक्तश्राव भयोभने महिलाहरु औषधी पसल गएर जथाभावी रुपमा औषधी किनेर खाने गरेका छन् । त्यो राम्रो संकेत होइन । स्वास्थ्य संस्थामा गएर सल्लाह लिएरमात्र औषधी सेवन गर्न आग्रह गर्न चाहन्छु । धेरै रगत बगेमा विशेषज्ञसँग परामर्श गरेर सेवन गर्नुहोला ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }