शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा पुन: कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै तयारी गर्न निर्देशन


  • माउन्टेन खबर
  • शुक्रबार, पुस १६, २०७८
  • 339
    SHARES

१६ पुस, धनुषा । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कोभिड उपचारमा संलग्न चिकित्सकहरूलाई ओमिक्रोन भेरियन्टको सम्भावित सङ्क्रमणबाट सतर्क रहेर काम गर्न निर्देशन दिनुभएको छ ।

कोभिड अस्पताल विराटनगरको आज निरीक्षण गर्दै उहाँले पछिल्लो समयमा कोरोना भाइरस तथा यसको घातक भनिएको ओमिक्रोन भेरियन्टको सम्भावित खतरातर्फ सतर्क रहेर काम गर्न र त्यसको उपचारका लागि तयारी गर्न समेत निर्देशन दिनुभएको हो ।

साथै मन्त्री कार्कीले कोरोना सङ्क्रमितहरूलाई उपचारमा कुनै कमी हुन नदिन पनि आग्रह गर्नुभएको थियो ।

उहाँले भन्नुभयो “उपचारमा आउने बिरामीले अस्पतालमै उपचार पाएनन् भने कहाँ जाने, यस विषयमा यहाँहरूले गम्भीर भएर सोच्नुपर्छ र सबैलाई चुस्त रूपमा सेवा दिनुपर्छ ।”

उहाँले स्वास्थ्य उपचारमा कुनै कमी कमजोरी हुन नदिन प्रदेश सरकार चनाखो भएको र ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न सक्ने देखिएकाले अस्पतालको व्यवस्थापन चुस्त र दुरुस्त हुनुपर्छ भत्रुभयो । मन्त्री कार्कीले त्यहाँ उपचाररत बिरामीहरूका साथै अस्पतालको आइसियु, भेन्टिलेटर कक्षलगायतको अवस्थाको बारेमा पनि जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }