शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँ वर्ष २०२२ लाई सुस्वागतम् ( कविता )


  • -मोहन सिटौला ,
  • मङ्लबार, पुस २०, २०७८
  • 779
    SHARES

नयाँ वर्ष २०२२ लाई सुस्वागतम्

आऊ नव्य बनी सफा सुनहला पाटा नया वर्षका !
ल्याऊ उज्वल दीप मान महिमा उत्कृष्ट उत्कर्षका
गाऊँ वस्ति, बजार पाटिहरुका गाएर भाका नयाँ
शिल्पी ! सिर्जन दीप बाल बनमा, पाहाड मैदानमा !

द्यौराली गिरि उच्च अन्ध बनले, नौला मिठा गीतले
भाका फेर्न सकुन् नयाँ प्रहरले यी शीतले, प्रीतले
ए क्वैली ! बन भित्रको मृदुमयी भाका नयाँ गाइदे !
मेरा यी मन भित्रका जटिलता गाँठाहरू खोलिदे !

बूढौती दिन गैगए अब यहाँ आए दिवा हर्षका
सारा अस्त भएर रंग–रमिता आए नयाँ वर्षका !
यो मेरो नव–वर्ष सुन्दर शिशू आभा छरी ज्योतिको
झल्केको दिल–दीप हो ,उदय भो, स्रष्टा स्वयं सृष्टिको !

बूढौती वय यो छ ठान्छ मनले यो साँझ हो आयुको
भावी कार्य र जिम्मेवार मनको भन्दो छ, जाग्दो छ यो
के भन्नू वयले ? तथापि मनमा नौला वसन्तादि छन्
लागौं नित्य सफा नयाँ लहरमा आउन् सबै मिष्ठ हुन् !

-मोहन सिटौला

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }