आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रमदा इन्कोरको पहिलो वार्षिकोत्सव : खाना र बस्नमा विशेष छुट


  • माउन्टेन खबर
  • बुधबार, पुस २८, २०७८
  • 655
    SHARES

काठमाडौँ, २८ पुस । चारतारे रमदा इन्कोर होटल काठमाडौँले स्थापनाको पहिलो वार्षिकोत्सवका अवसरमा खाना र बस्नका लागि विशेष छुटको अफर ल्याएको छ ।

काठमाडौँ महानगरपालिका–१६ ठमेलमा सञ्चालन आएको उक्त होटलले स्वदेशी तथा विदेशी पाहुनालाई लक्षित गरेर आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा विशेष सहुलियत प्याकेज ल्याएको हो ।

होटलका महाप्रबन्धक महेश फुँयालले रु १२०० मा दुई कोर्ष मेनु र रु १५०० मा तीन कोर्ष मेनु प्रदान गर्नेगरी रुपटप रेष्टुरेन्टमा सहुलियत प्याकेज ल्याएको जानकारी दिनुभयो ।

“वार्षिकोत्सवका अवसरमा एक जोडिलाई एक रात बस्ने र विहानको नास्तासहित रु ६००० मा नै उपलब्ध गराउने गरी अफर ल्याएका छौँ,”–उहाँले भन्नुभयो । सो होटलले अन्य खाना खाने पर्यटकलाई रुपटप रेष्टुरेन्टमा १५ प्रतिशत छुटको समेत व्यवस्था गरेको छ ।

२१ वर्ष माल्दिप्सस्थित फोर सिजन होटलमा काम गरेर हाल रमदा इन्कोरको मुख्य सेफका रुपमा कार्यरत मनोज आलेले स्वदेशी तथा विदेशी पाहुनालाई मेनु तथा मेनुभन्दा बाहिरका स्वदेशी तथा विदेशी खाना उपलब्ध गराउँदै आएको बताउनुभयो । “मैले विदेशमा हाँसिल गरेको ज्ञान सीप र अनुभवलाई स्वदेशमा पस्कन पाउँदा साह्रै खुशी लागेको छ,”– सेफ आलेले भन्नुभयो ।

मध्यम वर्गदेखि उच्च घरानिया वर्गलाई लक्षित गरी सञ्चालनमा आएको उक्त होटल विश्वमा नौ हजारभन्दा बढी रहेका छन् । विश्वका ८० भन्दा बढी देशमा रमदा इन्कोर बाई वाईनहेमका तीनतारेदेखि पाँचतारे होटल सञ्चालनमा रहेका छन् ।

रु दुई अर्ब ५० करोड लगानीमा सञ्चालनमा आएको उक्त होटलमा हाल दुईवटा रेष्टुरेन्ट, ९० वटा रुम, एक रुपटप स्वीमिङ पुल, जीम हल, दुईवटा कन्फरेन्स हल रहेको छ । उक्त होटलले एक महिनाभित्रै स्पा सेन्टर सञ्चालन गर्नेगरी तयारी थालेको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)