आइतवार, बैशाख २३, २०८१

दक्षिण कोरियामा कामदार पठाउन चर्को दवाव छ : मन्त्री श्रेष्ठ


  • माउन्टेन खबर
  • सोमवार, माघ ३, २०७८
  • 517
    SHARES

३ माघ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ माथि दक्षिण कोरियामा कामदार पठाउन चर्को दवाव परेको बताउनु भएको छ ।

इपिएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएकाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठ दक्षिण कोरियामा मौसमी कामदार पठाउन आफूमाथि चर्को दवाव परिरहेको खुलासा गर्नु भएको हो । सोमबार पार्टी निकट युवा संघ, नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले इपिएस प्रणाली पास गरेर बसेकाहरुलाई मार पर्छ भनेर आफूले मौसमी कामदारलाई पठाउने त्यो दवावलाई बेवास्ता गरिरहेको बताउनु भयो । मन्त्री श्रेष्ठले इसिएस प्रणाली पास गरेकाहरुलाई आफूले एक हप्ता भित्रै कोरिया पठाउन चाहेको पनि स्पष्ट पार्नु भयो । उहाँले त्यसका लागि कोरियाली समकक्षीसँग फोन वार्ताको प्रयास भईरहेको पनि बताउनु भयो । मन्त्री श्रेष्ठले आफूले ईपिएस प्रणालीबाट पास गरेकाहरुलाई कोरिया पठाउने कामलाई पहिलो प्राथमिकता दिएको पनि पटकपटक दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘असाध्यै सिन्सियर भएर लागेको छु । तपाईहरु पास हुनु भयो । पास भएपछि मलाई थाहा छ । अघि आफैले भन्नु भयो,–गाउँमा बस्ने अवस्था छैन । कतिपयले त मानसिक औषधि खानेबेला भएको होला । मेरो हातमा हुन्छ भने त म एक हप्तामै सबैर्लाइ उडाईदिऊ भन्ने पक्षमा छु म । तपाईहरुलाई रोकेर, दायाँबायाँ गरेर सरकारलाई कुनै फाईदा छैन । त्यसकारणले तपाईहरुले जुन विश्वास गर्नुभएको छ । त्यो विश्वासलाई एकदमै देखिने गरी प्रयास गरिराखेका छौं । यो कोरोनाकै बीचमा पनि यदि मन्त्रीजाँदा क्वारेन्टाईन बस्नु नपर्ने हो भने जानेकी भनेर सल्लाह गरिराखेको छु । कोरियामा गएर श्रममन्त्रीसँग एक चोटी फोन गरेपछि यसको केही न केही उपाय निस्कन्छ । अर्को मौसमी कामदारको कुरा निस्केको छ । हेर्नुस्, तपाईहरुको कारणले गर्दा इपिएसमा पास भएर बसेका भाईबहिनीहरुको कारणले गर्दा सायद मेरो जागिर जाने अवस्थाको पावरको दवाव आउँदा पनि मैले खोलेको छैन । यो कुरामा तपाईहरु क्लिएर हुनुस् । मलाई यति दवाव थियो कि सिजनल वर्कर चाँही छिटो खोल्नु प¥यो । मैले भने– खोल्ने ओके । नखोल्ने भन्या छैन । सँगसँगै यो सिजनल वर्कर जाँदाखेरी यो इपिएस पास गरेर बसेका भाईबहिनीहरुको सुन्दर सपना कुठाराघात हुन्छ कि भनेर रोकेको छु । हिजो मात्रै पनि मलाई फोन आएको थियो । केही मान्छेहरु सेटिङमा गईसकेका छन । तर श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागले एक जना पनि पठाएका छैंनौं । यो कुरामा ढुक्क हुनुस् ।’

यता, पीडितहरुले भने तत्काल कोरिया पठाउने व्यवस्था गर्न मन्त्री श्रेष्ठलाई दवाव दिएका थिए । लुम्विनी प्रदेशकी भावना बस्नेतले तत्काल आफूहरुलाई कोरिया पठाउने आवश्यक व्यवस्था मिलाउन मन्त्री श्रेष्ठसँग आग्रह गर्नु भयो । उहाँले कामदार छनौंटमा पनि महिलाहरु माथि विभ्द हुने भन्दै त्यसको अन्त्य गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

बागमती प्रदेशका अनमोल भट्टराईले कोभिड संक्रमण हुन नदिनेगरी विदेश जानेहरुलाई बसोबासको व्यवस्था मिलाउन पनि सरकारसँग माग गर्नु भयो । उहाँले सरकारले आफ्ना नागरिकलाई प्रक्रिया पूरा गरेर पनि विदेश पठाउने काममा ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

भट्टराईले भीडको बीचमा कोभिड परीक्षण गर्नुको कुनै अर्थ नहुनेतर्फ पनि बताउनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }