आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तनहुँ प्रशासनमा आलोपालो सेवा सुरु


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ११, २०७८
  • 532
    SHARES

११ माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आजदेखि आलोपालो गरी सेवा प्रवाह गर्न लागेको छ । कोभिडको सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा खोपकार्डको व्यवस्था अनिवार्य गर्दा पनि भीड कम नभएपछि आलोपालो गरी सेवा प्रवाह गर्न लागिएको होे ।

सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले गरेको निर्णय बमोजिम कार्यालयबाट प्रदान गरिने सेवा आलोपाले गरी सेवाग्राहीलाई सेवा दिन व्यवस्था मिलाइएको सहायक प्रजिअ काशीराम गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार, मङ्गलबार, बिहीबार तीन दिन व्यास, भानु, बन्दीपुर, देवघाट आँबुखैरेनी गाउँपालिका क्षेत्रका सेवाग्राहीलाई सेवा प्रदान गरिनेछ ।

त्यसैगरी सोमबार, बुधबार र शुक्रबार शुक्लागण्डकी तथा भिमाद नगरपालिका र म्याग्दे, ऋषिङ तथा घिरिङ गाउँपालिकाको लागि पालो मिलाइएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)