१६ माघ, काठमाडौं । राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबारका लागि बैठक बोलाइएकामा विशेष कारण देखाउँदै अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो ।
संघीय संसदका महासचिव डा भरतराज गौतमले आइबार एक सुचना जारी गर्दै बैठक अनिश्चितकालका लागि बन्द भएको जानकारी दिनुभएको हो।
जारी सुचनामा भनिएको छ, ‘राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ’ ।