बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सांसद यादवसहित १९ जनाको सम्पति रोक्का गर्न जिल्ला अदालतको आदेश


  • माउन्टेन खबर
  • बुधबार, माघ १९, २०७८
  • 448
    SHARES

१९ माघ, काठमाडौं । जिल्ला अदालत महोत्तरीले जसपा मधेस प्रदेशका सांसद कौशलकुमार यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न आदेश दिएको छ । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगलागेका यादव सहितको सम्पत्ति रोक्का गर्न आदेश दिईएको हो ।

वि.स.२०७२ भदौ २५ मा जलेश्वरमा आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन विक घाईते भएका थिए । उनलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर असई थमन विकको हत्या गरिएको थियो ।

जिल्ला अदालत महोत्तरीमा २२ जनामाथि हत्या मुद्दा दर्ता भएको छ । जसमध्ये मधेस प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र तत्कालीन राजपाकै सुरेश पाण्डे अदालतमा हाजिर भएर वि.स.२०७५ साउन २९ मा साधारण तारिखमा रिहा भएका थिए ।

हाजिर नभएका उक्त घटनाका आरोपी जसपा सांसद यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न अदालतले आदेश दिएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)