शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १मा आज मन्त्रीपरिषद् विस्तार हुँदै


  • माउन्टेन खबर
  • आइतवार, माघ २३, २०७८
  • 310
    SHARES

२३ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् ।

प्रदेश प्रमुख कार्यालयका अनुसार बिहान ११ बजे मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी गरिएको छ । मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तारका लागि ८ जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका उपनेता रामकुमार राई, कृषि तथा पशुपक्षी विकासमन्त्रीमा माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगर नियुक्त हुँदैछन् ।

यस्तै, मुख्यमन्त्री राईले सामाजिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का राजन राई, पर्यटन तथा संस्कृतिमन्त्रीमा एकीकृत समाजवादीका खिनु लङ्वा लिम्बु र विना विभागीयमा एकीकृत समाजवादीका उपेन्द्र घिमिरेलाई नियुक्त गर्दैछन् । यद्यपि, घिमिरेलाई कुन मन्त्रालयको जिम्मेवारी दिनेबारे निर्णय भइनसकेको बताइएको छ ।

कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा प्रकाशप्रताप हाङ्गाम र भूमि, सहकारी तथा यातायातमन्त्रीमा ओमप्रकाश सरावगीलाई नियुक्त गर्ने तयारी गरिएको कांग्रेस संसदीय दलले जनाएको छ ।

योसँगै प्रदेश १ मा १३ वटा मन्त्रालय हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }