आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तनहुँमा १०८ फिटको व्यासमूर्ति निर्माण हुने


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २८, २०७८
  • 347
    SHARES

२८ माघ, काठमाडौं । १०८ फिटको व्यासमूर्ति निर्माणका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । महर्षि वेदव्यासको जन्मभूमि दमौलीमा १०८ फिटको मूर्ति निर्माणका लागि पूर्वाधार निर्माणलाई अगाडि बढाइएको हो ।

व्यास नगरपालिका–३ स्थित व्यासगुफा क्षेत्रमा मूर्ति निर्माणका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको व्यास क्षेत्र शिवपञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो । हाल मूर्ति अड्याउने स्तम्भ निर्माणको काम चलिरहेको छ । “स्तम्भ निर्माणका लागि हाल भुइँ ढलानको काम सकिएको छ,” श्रेष्ठले भन्नुभयो, “आगामी जेठ ३० गतेभित्र मूर्ति अड्याउने स्तम्भ निर्माणको काम सम्पन्न गर्ने लक्ष्य छ ।”

व्यासमूर्ति निर्माणका लागि रु ७१ करोड दुई लाख १० हजार ८८९ रकम आवश्यक पर्ने अनुमान गरिएको छ । पहिलो चरणमा रु पाँच करोड ८४ लाख ८४ हजार ५२ को लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माण गरिनेछ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समपूरक अनुदान रु तीन करोड ८० लाख १४ हजार ५३३ रहेको छ भने व्यास नगरपालिकाले रु दुई करोड चार लाख ६९ हजार ४१९ लागत साझेदारी गरेको छ ।

विसं २०७८ जेठ ३० गते सम्झौता भएर सुरु भएको स्तम्भ निर्माणको काम विसं २०७९ जेठ ३० गतेभित्र सम्पन्न गर्ने गरी श्री गौरी पार्वती÷देव एन्ड सयर÷ऋषिशक्ति जेभीसँग सम्झौता भएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ । व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब रु ७० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)