मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सिन्धुपाल्चोकमा ई–पासपोर्टको वितरण सुरु


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन २, २०७८
  • 481
    SHARES

२ फागुन, सिन्धुपाल्चोक । जिल्लामा ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबारबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सेवाग्राही सीता लघुलाई ई–पासपोर्ट हस्तान्तरण गर्दै सो सेवा थालिएको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका अनुसार गत पुस ९ गतेबाट सो सेवाका लागि आवेदन सङ्कलन गरिएको थियो । २८६ सेवाग्राहीले दिएको आवेदनमध्ये १३२ को ई–पासपोर्ट वितरणको क्रममा रहेको छ । आवेदन दिएको १५ दिनभित्र ई–पासपोर्ट वितरण हुने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)