आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विनाभन्सार भित्राइएको दुई करोड ८५ लाखको सामान बरामद


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ४, २०७८
  • 475
    SHARES

४ चैत, पर्सा । पर्साबाट सशस्त्र प्रहरीको टोलीले विनाभन्सार नेपाल भित्र्याइएको रु दुई करोड ८५ लाख बराबरको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार बरामद गरिएको सामग्रीमा कपडा, इलेक्ट्रोनिक सामान, हार्डवेयर, मोटर पार्टस, खाद्यपदार्थ र किराना पसलका सामान छन् । विभिन्न समयमा बरामद गरिएका ती सामग्री वीरगञ्ज भन्सार कार्यालय र बारास्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ । गत माघमा रु ६२ लाख, फागुनमा रु एक करोड १४ लाख र चैतको हालसम्ममा रु एक करोड आठ लाखको सामान बरामद गरिएको हो ।

बरामद गरिएका अधिकांश सामान अवैधरुपमा भन्सार छली नेपाल ल्याइएको रहेको सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणले जनाएको छ । सशस्त्र प्रहरीले पछिल्लो पटक चोरी, निकासी तथा तस्करी नियन्त्रणको अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)