आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्थानीय तहको निर्वाचनमा सबै तहमा सत्तागठबन्धन मिलेर चुनाव लड्ने सम्भावना छैन : अध्यक्ष यादव


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ७, २०७८
  • 604
    SHARES

विरगञ्ज, ७ चैत।

सत्तासाझेदार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आगामी स्थानीय तहको निर्वाचनमा सबै तहमा सत्तागठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको बताउनु भएको छ ।

अध्यक्ष यादवले भने सबै तहमा गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको प्रष्टयाउनु भएको हो । सोमबार वीरगञ्जमा स्थानीय नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै उहाँले सबै तहमा गठबन्धन सम्भव छैन, जहाँजहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्छौं, जहाँजहाँ सम्भव हुँदैन त्यहाँ गठबन्धनका दलहरु एक्लाएक्लै मित्रवत ढंगले चुनाव लडने बताउनु भयो ।

अध्यक्ष यादवले मधेशी जनताको अधिकारको लागि आफ्नो पार्टीले सदन र सडक दुवै ठाउँबाट संघर्ष गरिरहने बताउनुभयो । उहाँले निर्वाचनलाई कम खर्चिलो बनाउन निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्ने पार्टीको अडान पनि दोहो¥याउनु भयो । अध्यक्ष यादवले संविधानको संशोधन, परिमार्जन र सुधार गर्नुअघि पुनर्लेखन आवश्यक रहेको पनि बताउनु भयो । अहिलेको निर्वाचन प्रणाली, शासकीय स्वरुप, न्यायिक प्रणालीसमेत बदल्नुपर्ने उहाँको भनाई थियो ।

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई जसपाका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सांसद प्रदीप यादवलगायतले सम्बोधन गर्नुभएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)