१० चैत, स्याङ्जा । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्याङ्जाको चापाकोट पुग्नुभएको छ ।
प्रधानमन्त्री देउवाले त्यहाँ चापाकोट नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री देउवा त्यहाँ पुग्दा स्थानीय र नेपाली काँग्रेसका कार्यकर्ताहरुले स्वागत गरेका थिए । पछिल्ला केही दिन यता प्रधानमन्त्री देउवा स्थानीय तहका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन ब्यस्त रहनुभएको छ । हिजो उहाँ तनहूँ जानुभएको थियो ।।
