आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पोखराबाट लागुऔषधसहित तीन जना पक्राउ


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २१, २०७८
  • 439
    SHARES

२१ चैत, कास्की । कास्की प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । शुक्रवार इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पोखरा महानगरपालिका वडा नं. ३० पावर हाउसबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका वडा नं. १२ का वर्ष २६ का अमित शर्मा बढै, बर्दघाट १३ को वर्ष २६ का गोपी लोनिया र वर्ष २२ का प्रदीप बानिया रहेका छन् ।

कास्की प्रहरीका अनुसार तीन जना नै लागूऔषध बोकेर एउटै बसमा तनहुँबाट पोखरा आउँदै गर्दा पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट लागूऔषध डाईजापाम-२०० एम्पुल, फेनेरागन-२०० एम्पुल र नुर्फिन-२०० एम्पुल गरी जम्मा-६०० एम्पुल र १ थान मोबाइल बरामद भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)