बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फोहोर पानी व्यवस्थापन परियोजनाका लागि भारतले ४ करोड ११ लाख सहयोग गर्ने


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २२, २०७८
  • 507
    SHARES

काठमाडौं, २२ चैत

सोलुखुम्बुको खुम्जुङ खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र खुम्बु पासाङल्हामु गाउँपालिका र भारतीय राजदूतावासबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

भारत–नेपाल विकास सहकार्यअन्तर्गत भारत सरकारको करिब ४ करोड ११ लाख आर्थिक सहयोगमा यस सामुदायिक विकास परियोजनाको निर्माण हुने भारतिय दूतावास द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस परियोजनाको निर्माणले सोलुखुम्बुको खुम्जुङ्ग गाउँमा बसोबास गर्ने मानिसहरूको स्वास्थ्य र गुणस्तरीय जीवनमा सुधार ल्याउनुका साथै जनस्वास्थ्यका हिसाबले अत्यन्तै आवश्यक सुरक्षित पानी तथा सरसफाइको व्यवस्था गरिने सम्बद्ध पक्षको भनाइ छ ।

नेपालका सातैवटा प्रदेशमा विशेषगरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा अन्य सार्वजनिक संरचनाहरूको निर्माण जस्ता विविध क्षेत्रमा सन् २००३ यता भारतले ५२३ भन्दा बढी उच्च प्रभावी सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ भने ४६७ वटा परियोजना सम्पन्न गरिसकेको छ ।

त्यसमध्ये सोलुखुम्बु जिल्लामा दुई परियोजनासहित प्रदेश १ मा ७८ वटा परियोजनालाई अघि बढाइएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)