आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विद्यालयको छानोमा असिनाले प्वाल पार्दा पठनपाठनमा समस्या


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २८, २०७८
  • 466
    SHARES

२८ चैत, काठमाडौं । असिनाले बाली नालीमा क्षति पुगेको त हामीले सुन्दै आएका छौँ तर बागलुङमा असिनाले विद्यालयको छानो प्वाल पारेर क्षति पु¥याएको छ । दुई वर्षअघि निर्माण गरिएको बागलुङ नगरपालिका–७ स्थित गौरीशङ्कर प्राथमिक विद्यालयको छाना शनिबार र आइतबार परेको असिनाले प्वाल परेर क्षति पु¥याएको हो ।

छानोमा प्वाल परेपछि पानी पसेर विद्यालयको कागजपत्र र विद्युतीय सामग्रीमा क्षति पुगेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा २०७६ सालमा निर्माण गरिएको विद्यालयको युपिभिसी छाना प्वाल पारेर पठन पाठपाठनमा समस्या भएको छ । असिनाले प्वाल पार्ने छानाको गुणस्तरमा समेत प्रश्न खडा भएको छ ।

विसं २०७६ मा भूकम्प पुनःनिर्माण प्राधिकरण बागलुङ शाखाले रु २४ लाखको लागतमा उक्त भवन निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र पौडेलले बताउनुभयो । “ग्यारेन्टी छ भन्ने सुनेको थिए, त्यस नम्बरमा फोन गर्दा लाग्दैन, लुम्बिनी इञ्जिनियरिङबाट सामान खरिद गरिएको थियो”, उहाँले भन्नुभयो, “दुई कोठामा क्षति पु¥याउँदा अहिले पठनपाठनमा समस्या भएको छ ।” असिनाले प्वाल पार्ने छानाको गुणस्तर राम्रो नभएको विद्यालयले जनाएको छ । यस विषयमा छाना सप्लायर्सलाई निरन्तर सम्पर्क गर्न खोजिए पनि सम्भव नभएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)