आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

समाजसेवी चुडामणी पौडेलद्धारा खड्गदेवी मन्दिरलाई आर्थिक सहयोग


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ३०, २०७८
  • 589
    SHARES

३० चैत, काठमाडौं । पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानी रास्कोटमा रहेको खड्ग देवी मन्दिरलाई करिब एक लाख रकम आर्थीक सहयोग गरिएको छ । रानीपानी निवासी समाजसेवी चुडामणी पौडेलले उक्त मन्दिर लाई ९७ हजार रकम आर्थीक सहयोग गर्नुभएको हो । ऐतिहासिक धार्मीक महत्वको उक्त मन्दिरको केही समय अगाडी मात्र पुनःनिर्माण सकिएको थियो ।

आर्थीक रकम सहयोग गर्दै समाजसेवी पौडेलले आफुहरुको धार्मीक आस्थाको धरोहर उक्त मन्दिर व्यवस्थापन गर्न आफुले कुनै पनि कसुर बाकीँ नराख्ने प्रतिबद्धता जनाउनुभयो । मन्दिर पुनः निर्माण गर्दा समस्या भएको आफुले थाहा पाएपछि अमेरिकामा रहेका आफ्ना छोरा लक्ष्मी प्रसाद पौडेल र पदमराज पौडेललाई जानकारी गराएपछि छोराहरुको सल्लाह बमोजिम आफुले मन्दिरमै आएर आर्थीक रकम सहयोग गरेको उहाँले बताउनुभयो । आफ्नो बुबाले निकै कठिनका साथ खडग देवी मन्दिर निर्माण गरेको स्मरण गर्दै पौडेलले मन्दिर पुनः निर्माण भएकोमा खुसी प्रकट गर्नुभयो । मन्दिर सबैको धार्मीक आस्थाको धरोहर भएकाले यसको संरक्षण र व्यवस्थापनमा सबै आ आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो । पौडेलले यस अघि पनि रानीपानीका विभिन्न संघ संस्था तथा सामाजिक कार्यको लागि आर्थीक सहयोग गर्दै आउनुभएको छ ।

उक्त मन्दिरमा साविक रानीपानी,बराचौर,वहाकी गाविसका स्थानिय भक्तजनहरले बडादशै र चैते दशैमा श्रद्धाका साथ पुजा गर्ने गर्दछन् । साथै आफ्ना भाकल पुरा गर्नको लागी परम्परा अनुसार वली दिने पञ्चवली दिने एवम् दुर्गा पुजा गर्ने गर्दछन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)