आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेसबाट पोखराको मेयरमा १८ को मनोनयन, प्रदेशका मन्त्रीसमेत दौडमा


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ४, २०७९
  • 529
    SHARES

काठमाडौं , ४ वैशाख

आगामी स्थानीय तह निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयर बन्न नेपाली काँग्रेसको तर्फबाट १८ जना र उपमेयरका लागि १० जनाले मनोनयन दर्ता गराउनु भएको छ ।

मेयरको दौडमा प्रदेशका मन्त्री समेत रहनु भएको छ । नेपाली काँग्रेस पोखरा महानगर समितिले आगामी ३० वैशाखमा हुने चुनावका लागि पार्टीको तर्पmबाट उम्मेदवार छान्न आज आकांक्षीहरुको मनोनयन लिएको हो ।

चिप्लेढुंगास्थित नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालयमा आइतबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म मनोनयन लिइएकोमा मेयरमा १८ र उपमेयरमा १० जनाले मनोनयन दर्ता गराएको काँग्रेस पोखरा महानगर सचिव गणेश थापाले जानकारी दिनु भयो । निर्वाचन समितिका अनुसार मेयरको दौडमा सुदीपमोहन भट्टराई, डा.परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे रहनु भएको छ ।

यस्तै, विश्वशंकर पालिखे, किशोरदत्त बराल, बिन्दु कुमार थापा, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला राना, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले मनोनयन दिइसक्नु भएको छ ।

यस्तै, उपमेयरमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसीले मनोनयन दर्ता गर्नु भएको छ ।

मेयरका आकांक्षी धेरै हुने देखेपछि काँग्रेस पोखरा नगर समितिले मेयर उम्मेदवार शुल्क पनि २५ हजार रुपैयाँ तोकेको थियो । साथै उपमेयरका लागि २० हजार रुपैयाँ दररेट तोकिएकोमा यस अलवा फर्म शुल्क दुवै पदमा ५ सय लिइएको थियो । पार्टीको केन्द्रीय समितिले आकांक्षीहरुबाट मनोनयन दर्ता गर्दा कुनै पनि शुल्क नलिने सर्कुलर गरे पनि महानगर समितिले त्यसको ठाडो उल्लंघन गरेकोमा आपत्ति जनाउँदै कार्यकर्ताले आपत्ति जनाएका छन् ।

महानगरले उम्मेदवार बन्न चाहनेहरुको मनोनयन सूचीबाट ३ जनाको नाम छनोट गरी केन्द्रमा सिफारिस गर्नेछ । यसैबीच, गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश मामिलामन्त्री समेत रहेका काँग्रेस नेता बिन्दुकुमार थापाले पनि मेयर पदका लागि मनोनयन दर्ता गराउनु भएको छ । उहाँले २०७४ सालको प्रदेशसभा चुनावमा कास्की क्षेत्र २ (क) बाट निर्वाचित हुनु भएको थियो । उहाँले माओवादीका उम्मेदवार करणलाई पराजित गर्नुभएको थियो । मन्त्री थापा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुनुहुन्छ ।

मनोनयनपछि मन्त्री थापाले मतदाताको चाहनाबमोजिम नै मेयरका लागि अघि बढेको प्रतिक्रिया दिनु भयो । उहाँले पार्टीले योग्य ठानेमा आफू उम्मेदवार हुने र पोखराको विभिन्न विकृति, विसंगति न्यूनीकरणमा दत्तचित्त भई लाग्ने प्रतिवद्धता जनाउनु भयो । तपाईलाई जनताले ५ वर्षको म्यान्डेड दिएका हुन् नि भन्ने पत्रकारको जिज्ञासामा उहाँले सो भए पनि सबैको माग बमोजिम आफू मेयरका लागि मन्त्री पद राजीनामा गरेर आउने बताउनु भयो ।

प्रदेशमन्त्री थापाले क्रम संख्या १२ मा दिउँसो करिब ३ बजे मनोनयन दर्ता गराउनु भएको हो । यसअघि, नेकपा एमाले पोखरा महानगर कमिटीले मेयरका लागि १२ जना र उपमेयरका लागि ११ जनाको नाम जिल्ला कमिटीमार्पmत् केन्द्रमा सिफारिस गरिसकेको छ । गत निर्वाचनमा एमाले मेयर र उपमेयर दुवैमा वर्चश्व कायम गरेको थियो । पोखराका कूल ३३ वडामध्ये २२ वडामा एमाले र बाँकी ११ वडामा काँग्रेसको नेतृत्व छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)