आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीबाट धनराज आचार्य


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १०, २०७९
  • 596
    SHARES

काठमाडौं ,१० वैशाख

सत्ता गठबन्धन दल नेकपा (एकीकृत समाजवादी)ले आफ्नो भागमा परेका सबै महानगर र उपमहानगरका प्रमुख तथा उपप्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको प्रमुख पदको उम्मेदवार धनराज आचार्यलाई बनाउने भएको छ । यस्तै, काठमाडौं महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति भएको छ ।

हेटौँडा उपमहानगरपालिका प्रमुखमा मीना लामालाई उम्मेदवार बनाउँदा बुटवल उपमहानगरपालिका उपप्रमुखमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपप्रमुख जोगबहादुर राना र इटहरी उपमहानगरपालिका उपप्रमुखमा केशव विष्टलाई उम्मेदवार बनाउने एकीकृत समाजवादीले निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)