बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर घटाएर दायरा बढाउने मेयरका उम्मेदवार कोइरालाको प्रतिबद्धता


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १९, २०७९
  • 716
    SHARES

१९ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारीबारे छलफफल गरेको छ ।

कांग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक तथा औद्योगिक विकासका विषयमा केन्द्रित भई छलफल गरिएको बताउनुभयो । उहाँले करको दर घटाइ दायरा फराकिलो बनाउने विषयमा सुझाव माग्नुभएको थियो ।
करको दायरा बढाउने र कर घटाउने विषयमा आफू प्रष्ट भएको भन्दै उहाँले भन्नुभयो, “म भ्रष्टाचार गर्दिन । अरुलाई पनि गर्न दिन्न ।”

कोइरालाले सडक निर्माण, शुद्ध पिउने पानीको व्यवस्था र विराटनगरको दीर्घकालीन सरसफाइ आफ्नो प्राथमिकताका कार्यक्रम रहेको उल्लेख गर्नुभयो । कर वृद्धिले मुलुकको अर्थतन्त्रमा पारेको समस्याबारे उद्योगी एवं व्यवसायीले आ–आफ्नो धारणा राखेका थिए ।

छलफल कार्यक्रममा कांग्रेस नेता डा शेखर कोइराला, विमलेन्द्र निधि र महेश आचार्य पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)