बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वर्षाले सिन्धुपाल्चोक फट्टेको पुलमा क्षति, मर्मत गरिँदै


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २६, २०७९
  • 459
    SHARES

२६ जेठ, काठमाडौं । अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित बनेको छ । गए रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ ।

वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युमपाइप जडित फट्टेको पुलमा क्षति पुगेको छ । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ । अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङसहितको टोलीले उक्त क्षेत्रको अनुगमन गरेपछि पुलको मर्मत थालिएको छ । मेलम्ची नगरपालिका–७ र ११ जोड्ने फट्टेमा अस्थाई कल्भर्टमा क्षति पुगेसँगै यातायात सेवा अवरूद्व भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)