बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सरोकारवालाको सुझावका आधारमा ‘साइबर सुरक्षासम्बन्धी विधेयक’ लाई पूर्णता : मन्त्री कार्की


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ३०, २०७९
  • 538
    SHARES

काठमाडौँ, ३० जेठ 

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरोकारवाला सङ्घ÷संस्था र विज्ञहरूको सुझावका आधारमा ‘साइबर सुरक्षासम्बन्धी विधेयक’ लाई पूर्णता दिने बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा  आज आयोजित साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौदा उपर छलफल कार्यक्रममा सरकार प्रवक्ता कार्कीले सरोकारवाला सङ्घ÷संस्था र विज्ञहरूको सल्लाह र सुझावका आधारमा मात्रै विधेयकलाई व्यवस्थित, समयानुकूल र गतिशीत विधेयक बनाउने बनाउँदै सकारात्मक सुझावको अपेक्षा गर्नुभयो ।

“अहिले बम, बारुद, बन्दुकद्वारा प्रभाव जमाउने होइन, साइबरमाथि आक्रमण गरेर प्रभाव जमाउने प्रविधिको विकास भइरहेको छ, त्यसैले हामीले हाम्रो प्रविधिलाई कसरी विकास गरेर लिएर जाने भन्ने बारेमा छलफल हुन जरुरी छ,” मन्त्री कार्कीले भन्नुभयो । उहाँले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको तीव्र गतिको विकासले संसारलाई सानो गाउँमा रुपान्तरण गरिसकेको बताउँदै अब देशलाई त्यसतर्फ रुपान्तरित गरी लाभान्वित हुनुपर्नेमा जोड दिनुभयो ।

साइबर सुरक्षा बिना हामी आफूले आफूलाई सुरक्षित गर्न नसक्ने बताउँदै उहाँले सूचना सञ्चार प्रविधिको विकाससँगै हुने विकृतिलाई रोक्नका लागि पनि छलफल आवश्यक रहेको बताउनुभयो । नेपालमा हाल मोबाइल सेवाको पहँुच सबै ग्रामीण क्षेत्रसम्म पुगिसकेको र मोबाइल ब्रोडब्याड इन्टरनेटको पहुँच ९५ प्रतिशतभन्दा पनि बढी नागरिकहरूसम्म पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले इन्टरनेट सेवाको विस्तार र पहुँच वृद्धि भएसँगै अनलाइन कारोबार तथा सामाजिक सञ्जालमा गतिविधि बढेसँगै सुरक्षा जोखिम र चुनौतीहरू पनि त्यतिकै बढ्दै गएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }