बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित


  • माउन्टेन खबर
  • मङ्लबार, असार ७, २०७९
  • 355
    SHARES

प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ ।

सो प्रस्ताव प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सदनमा पेस गर्नुभएको थियो ।

यसअघि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको वार्षिक राजश्व र व्ययको अनुमानित बजेट माथिको सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री आङ्बोले बजेटले प्रदेशको सन्तुलित विकासमा विशेष ध्यान दिएको बताउनुभयो । उहाँले दिगो विकास नै प्रदेश सरकारको लक्ष्य एवं उद्देश्य रहेको धारणा राख्दै सरकारले विगतका सरकारका ७० प्रतिशत योजनामा बजेट व्यवस्था गरेको जानकारी दिनुभयो ।

आर्थिक वृद्धि दर छ दशमलव ४८ प्रतिशत रहने सरकारको अनुमान रहेको बताउँदै मन्त्री आङ्बोले बजेट हावादारी नभएर वास्तविकताको धरातलमा रहेको जिकिर गर्नुभयो । बजेट खुला किताब जस्तो पारदर्शी रहेको प्रस्ट पार्दै मन्त्री आङ्बोले बजेटले उत्पादन र उत्पादकत्व बढाउने, निर्यात प्रवद्र्धन गर्ने र आयात घटाउने कुरामा केन्द्रित छ भत्रुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)