बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दोभान–तेल्लाबुुङ खण्डको सडक स्तरोन्नति कोसी करिडोरले गरिदिने


  • माउन्टेन खबर
  • बिहिबार, असार ९, २०७९
  • 416
    SHARES

९ असार, काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा निर्माणधीन २२० केभी कोसी करिडोरले दोभान–तिरतिरे–तेल्लाबुुङ खण्डको सडक स्तरोन्नति गरिदिने भएको छ । करिडोरको सबस्टेशनले प्रभाव पार्ने उक्त सडकखण्डको स्तरोन्नति गरिदिने भएको हो ।

मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा हाल नेपाल विद्युत् प्राधिकरणले कोसी करिडोर आयोजनाको २२० केभी प्रसारण लाइनको सबस्टेशन निर्माण हुँदै आएको छ । सबस्टेशन आयोजना प्रभावित क्षेत्र दोभान–तिरतिरे–तेल्लाबुङ हुँदै वनपाला क्षेत्रसम्मको सडकखण्ड स्तरोन्नति करिडोरले गर्ने भएको हो । सबस्टेशन निर्माणका सामग्री ढुवानी गर्दा प्रयोग हुने उक्त सडकखण्डा स्तरोन्नति गर्ने सहमति भएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।

आयोजनाको बजेटको परिधिका आधारमा सडक स्तरोन्नतिको काम कार्यान्वयन गर्ने निर्णयसमेत भएको जिल्ला क्षतिपूर्ति निर्धारण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताउनुभयो । आयोजनाले सडक स्तरोन्नतिको कार्य गर्ने भएपछि सो सहमति कार्यान्वयन गराउनमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने पालिका अध्यक्ष वनेमको भनाइ छ । हिउँदभर सञ्चालनमा आई हाल बन्द भएको मदन भण्डारी मार्गलाई वर्षा मौसममा पनि नियमित सञ्चालन गर्ने गरी गाउँपालिकाले पहल सुरु गरेको छ ।

यस्तै आयोजनाको कार्य अर्थात् विद्युत् प्रसारण लाइन विस्तार गर्दा मैवाखोला–१ र २ ढुङ्गेसाँघु तथा वडा नं ३ साँघुसम्म नै असर पु¥याउने देखिएको छ । विद्युत् टावर निर्माण गर्दा दायाँ–बायाँ १५–१५ मिटरभित्रको क्षेत्रमा असर पुग्ने भएकाले उक्त क्षेत्रमा पर्ने निजी जग्गाको साथै संरचना हटाउँदा आयोजनासँग क्षतिपूर्तिको मूल्याङ्कन विषयमा समन्वय भइरहेका आयोजनाले जनाएको छ ।

संरचनाको लागत मूल्याङ्कन गर्नलाई सहरी विकास तथा भवन निर्माण कार्यालयल इलामलाई पत्राचार गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)