बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध माओवादी र कांग्रेसले गरे हस्ताक्षर संकलन


  • माउन्टेन खबर
  • बिहिबार, असार १६, २०७९
  • 577
    SHARES

१६ असार, काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदहरुले वाग्मती प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्न हस्ताक्षर संकलन सुरु गरेका छन् । प्रदेशसभाबाट बजेट पास भएपछि सत्तारुढ गठबन्धनबाटै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई परिवर्तन गर्न हस्ताक्षर संकलन सुरु भएको हो ।

प्रदेश मुख्यमन्त्री पाण्डेले केन्द्रको निर्देशनबिना सजिलै मुख्यमन्त्री पद नछोड्ने बताएपछि हस्ताक्षर संकलन सुरु गरिएको बताइएको छ । पूर्वसहमति अनुसार सत्तारुढ गठबन्धनमा आगामी चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने भन्ने थियो ।

सोही सहमतिअनुसार नेकपा (एकीकृत समाजवादी) बाट पाण्डे मुख्यमन्त्री भएका हुन् ।

आगामी वर्षको बजेट पारित भएपछि कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ अब मुख्यमन्त्री बन्ने पालो थियो ।

कांग्रेसले सहमति अनुरुप अब प्रदेशको नेतृत्व आफूले पाउनुपर्ने माग गरेको छ तर मुख्यमन्त्री पाण्डेले केन्द्रीय नेतृत्वको निर्देशनपछि मात्र मुख्यमन्त्री पद छाड्ने बताएका छन् । त्यसपछि हस्ताक्षर संकलन सुरु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)