बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सस्तो मोबाइल डाटा मूल्य हुने प्रमुख देशहरुमा नेपाल पनि


  • माउन्टेन खबर
  • बुधबार, साउन ११, २०७९
  • 373
    SHARES

काठमाडौं ,११ साउन

नेपाल संसारकै सबैभन्दा सस्तो मोबाइल डाटा मूल्य हुने प्रमुख देशहरुमा समावेश भएको छ। बेलायती संस्था केबल डटको यूकेले मंगलबार सार्वजनिक गरेको सन् २०२२ को विश्वव्यापी मोबाइल डाटा तथ्यांकअनुसार नेपाल विश्वका सस्तो मोबाइल डाटा शुल्क हुने देशहरुमध्ये १० औं स्थानमा समावेश रहेको छ।

सार्वजनिक प्रतिवेदनअनुसार नेपालको प्रति १ जीबी डाटा शुल्क औसतमा ०.२७ अमेरिकी डलर अर्थात ३४.५९ रुपैयाँ रहेको छ।

केबल डट यूकेकाअनुसार विश्वमै सबैभन्दा सस्तो मोबाइल डाटा शुल्क इजरायलमा रहेको छ जहाँ १ जीबीको डाटा शुल्क ०.०४ अमेरिकी डलर रहेकोछ ।

सस्तो मोबाइल डाटा शुल्क हुने देशहरुको टप १० सूचीमा एशियाबाट भारत र नेपाल मात्र अट्न सफल भएका छन्। जसमा भारतमा १ जीबी मोबाइल डाटा औसत ०.१७ डलर हुँदै टप ५मा रहेको छ।

त्यस्तै एशियामा भने सबैभन्दा सस्तो मोबाइल डाटा शुल्क हुने देशहरुमा भारत पहिलो स्थानमा रहेको छ भने नेपाल दोस्रो स्थानमा रहेको छ। त्यसैगरी श्रीलंका, बंगलादेश, पाकिस्तानलगायत क्रमशः सूचीमा छन्।

यस बाहेक नेपालभन्दा ठिक तल ११ औं स्थानमा श्रीलंका रहेको छ। जहाँ औसत प्रति १ जीबी मोबाइल डाटा शुल्क पनि ०.२७ डलर नै रहेको छ।

सार्वजनिक तथ्यांकअनुसार विश्वभर औसतमा १ जीबी डाटाको शुल्क ३.१२ अमेरिकी डलर रहेको छ।

प्रत्येक वर्ष सार्वजनिक गरिने तथ्यांकमा २०२२ मा २३३ देशहरुको मोबाइल डाटाको अध्ययन र प्याकेजलाई आधार मानिएको बताईएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }