बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा “जनताको साथमा कांग्रेस अभियान” को शुभारम्भ


  • आशिष लामा
  • शनिबार, भदौ ११, २०७९
  • 535
    SHARES

 

रसुवा,११ भाद्र 

जिल्ला सदरमुकाम धुन्चेमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाको आयोजनामा जनताको साथमा कांग्रेस अभियानको शुभआरम्भ गरिएको छ।

पार्टीको केन्द्रिय प्रतिनिधि एवम नेपाली कांग्रेसको केन्द्रिय सदस्य एंव सांसद राजेन्द्र केसिको प्रमुख अतिथ्यमा कार्यक्रमको उद्दघाटन गरिएको हो।

कार्यक्रममा पार्टी सभापति पेम्बा छिरिङ तामाङ,केन्द्रिय सदस्य एवम संघीय सांसद  इन्जिनियर मोहन आचार्य,बागमती प्रदेश सभा सदस्यद्वय प्रभात तामाङ र प्रेम बहादुर तामाङ लगायत विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

पार्टीले देशव्यापी रुपमा भाद्र १० गते देखि २४ गतेसम्म अभियानको विभिन्न तहमा कार्यक्रम गर्ने सर्कुलर जारी गरेको छ।

आगामी संघीय निर्वाचन र प्रदेश निर्वाचन केन्द्रीत रहेर अभियान संचालन गरिएको प्रतिनिधि केसिले बताउनुभयो। जनताको वास्तविक समस्या र आपेक्षाको पुर्तिमा जोड दिन सम्पुर्ण जनप्रतिनिधिहरुलाई उहाँले  निर्देशन समेत  दिनुभयो।

अभियानको मुख्यरुपमा चार उद्देश्य रहेको काँग्रेस केन्द्रिय सदय एंव संधीय सांसद ई. मोहन आचार्यले बताउनु भयो।

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने अभियानको मुख्य उद्देश्य रहेको उहाँले बताउनु भयो।

अभियान अन्तरगत जनताको घर आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्न, जनताको भावना बुझ्न र जनताको भावनाअनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विविध ढङ्गले अन्तक्र्रिया गर्न उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नु भयो।

कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सुसूचित गर्न र निर्वाचनमा कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नु भयो।

अभियान सफल बनाउन ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिसकेका छन् भने सात प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकताअनुरुप प्रतिनिधि खटाएका छन् ।

अभियानको उद्घाटन भिन्न जिल्लामा भिन्नभिन्नस्वरुपमा गरिएको छ । जिल्लाले स्थानीय स्थिति, समय र सम्भावित प्रभावको आँकलन गरेर कहीँ जिल्लास्तरीयरुपमा, केही जिल्लाको निर्देशनअनुरुप क्षेत्रीय, प्रदेश क्षेत्रीय, पालिका या जिल्लाभर एकसाथ वडा तहमा उद्घाटन समारोह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)