बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

खुल्यो चिनियाँ नाका, आजदेखि रसुवागढीबाट आयात सुरु हुने


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ३०, २०७९
  • 403
    SHARES

३० भदौ, काठमाडौं । चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुको चार दिने नेपाल भ्रमण सकिएलगत्तै बन्द भएका चिनियाँ नाका खुलेका छन् ।

तीब्बतमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै चीनले तिब्बतमा भदौ महिनाको पहिलो सातादेखि नाका बन्द गरेको थियो । नाका बन्द भएको करिब एक महिनापछि आजदेखि रसुवागढी नाकाबाट चीनले रोकिएका कन्टेनर छाड्न लागेको हो ।

चीनले हाल दुई वटा चिनियाँ नाका खुला गरेको छ । तातोपानी भन्सार नाका यही साताको शनिबारदेखि आंशिकरुपमा भए पनि खुलिसकेको छ । त्यहाँबाट केही सामान नेपाल भित्रिन थालेको छ । शनिबारदेखि यता अहिलेसम्म १५ कन्टेनर सामान नेपाल भित्रिसकेको छ ।

नेपाल भ्रमणमा रहेका चान्सुसमक्ष नेपालका सबै नेताले नाकामा भएको अवरोध हटाउन अनुरोध गरेका थिए । सोही अनुरोधलाई सम्बोधन गर्दै चीनले हाललाई दुई वटा नाका खोलेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)