बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाको समयमा रसुवाली नागरिकका लागि के गरे त सांसद आचार्यले


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक ३, २०७९
  • 560
    SHARES

 

रसुवा – नेपाली काँग्रेसका केन्द्रीय सदस्य ईन्जिनीयर मोहन आचार्यले कोरोनाको समयमा रसुवा जिल्लामा थुप्रै काम गर्नुभएको छ ।

विस २०७४ सालमा सम्पन्न प्रतिनिधीसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट रसुवा जिल्लाबाट विजयी सांसद आचार्यले कोभिड–१९ को समयमा सङ्घीय राजधानी काठमाडौँमा बसोबास गर्ने रसुवाली नागरिकका ९३५ परिवारलाई खाद्यान्न वितरण गर्नुभएको थियो ।

सांसद आचार्यले सोही बेलामा सार्वजनिक यातायातको अभावका कारण राजधानीमा रोकिएर बसेका ६०० रसुवाबासीलाई यातायातको व्यवस्था गरेर रसुवा पु¥याउनुभएको थियो ।

कोभिड–१९ को समयमा रसुवाली नागरिककालागि उहाँले आफ्नै घरमा आईसोलेसन सेन्टर समेत स्थापना गरि कोभिड प्रभावित जिल्लाबासीलाई सहयोग गर्नु भएको थियो।

उहाँले कोरोनाको समयमा अग्रपङ्तिमा खटिने जिल्लाका ६०० भन्दा बढि व्यक्तिको  आफ्नो व्यक्तिगत खर्चमा कोभिड बिमा गर्नुका साथै जिल्लाभर स्वास्थ्य सामाग्री वितरण, माक्स स्यानिटाइजर र साबुन र खाद्यान्न समेत वितरण समेत गर्नुभएको थियो ।

सांसद आचार्यको व्यक्तिगत पहलमा रसुवाको दुई अस्पताललाई भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

जिल्लामा कोरोना संक्रमणको जोखिम बढेसँगै सांसद आचार्यले धुन्चे अस्पताल र जिबजिबे ग्रामिण अस्पताललाई  स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो । सांसद आचार्यले दुई अस्पताललाई ४ वटा मिनि भेन्टिलेटर, ३० वटा अक्सिजन, ५ वटा बेड र तीन हजार थान मास्क उपलब्ध गराउनु भएको थियो ।

प्रतिनिधीसभा निर्वाचनमा रसुवाबाट प्रतिनिधीत्व गरेपनि सांसद आचार्यले छिमेकी जिल्ला नुवाकोटको त्रिशुली अस्पताललाई समेत स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको थियो ।

प्रतिनिधीसभामा दोस्रो कार्यकालका लागि उम्मेदवार बन्नुभएका सांसद आचार्यसँगै रसुवाको प्रदेशसभा (क)मा काँग्रेसका प्रभात तामाङ र प्रदेशसभा (ख) मा माओवादी केन्द्रका ईन्द्र गोतामे उम्मेदवार बन्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)