बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा यी अधुरा काम पुरा गर्न चाहन्छन् प्रतिनिधीसभा उम्मेदवार मोहन आचार्य


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १२, २०७९
  • 580
    SHARES

रसुवा, १२ कात्तिक । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट रसुवाको प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दिनुभएका ईन्जिनीयर मोहन आचार्यले आफ्नो पाँच वर्षे कार्यकालमा अधुरा रहेका काम पुरा गर्न चाहनुभएको छ ।

एकमात्र प्रतिनिधीसभा रहेको रसुवामा विगत पाँच वर्षमा ईन्जिनीयर आचार्यले निर्वाचन जितेसँगै विकास निर्माणको कार्यले उल्लेख्य प्रगती हाँसिल गरेपनि केही काम अधुरा रहेकाले उक्त कामलाई पुरा गर्ने चाहना राख्नुभएको छ ।

सांसद आचार्यले पहल गर्नुभएको रसुवाको गौरवको आोजना नौकुण्ड खानेपानी आयोजना सम्पन्न गर्न, जिल्लाको समग्र विकास तथा पूर्वाधार निर्माणको लागि विषय विशेषज्ञहरु, जनप्रतिनिधिहरु र जनताको सहभागितामा गुरुयोजना तयार गरी पूर्वाधार सडक, खानेपानी, पुल, सिंचाई, गाउँपालिका तथा वडापालिका, विद्यालय भवन निर्माण लगायतका कामहरु सम्पन्न गर्न चाहना राख्नुभएको छ ।

यस्तै, जिल्लाको सबै वडामा बन्दै गएको सडकहरुको स्तरोन्नती, भूमि आयोग मार्फत भूमिहीन जनतालाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउन, रसुवाको प्रत्येक घरमा कम्तीमा एक रोजगार र अरु स्वरोजगारको व्यवस्था मिलाउन, रोजगारको उचित व्यवस्था नमिलेसम्म नेपाल सरकारको जी टु जी को माध्यमद्वारा शोषण रहित र सुरक्षित वैदेशिक रोजगारको लागि पहल गर्ने रहेका छन् ।

सरकारी अनुदानलाई बास्तविक किसानमा पुर्याई कृषिलाई व्यवसायीकरण र आधुनिकीकरण गरी बजारको व्यवस्था मिलाउन, जडीबुटी खेतीको अनुसन्धान गरि व्यावसायिक उत्पादन सुरु गर्न, जिल्लामा निर्माण हुने जलविद्युत र अन्य उद्योगहरूको समेत १०% शेयरको व्यवस्था मिलाउँदै यस्ता प्रकारको शेयर गाउँपालिका, शिक्षण संस्था, स्वास्थ्य तथा वृद्धाश्रमहरु जस्ता सामाजिक संस्थाहरुले पनि लिएर आत्मनिर्भर हुनको लागी प्रेरित गर्ने चाहना उहाँको रहेको छ ।

जिल्लामा रहेका गोसाइँकुण्ड, लाङटाङ, गणेश हिमाल, तामाङ बस्ती लगायतका विविध प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यटन उद्योगलाई व्यवस्थित र विस्तार गर्न, रसुवा – केरुङ (चीन) नाकालाई व्यवस्थित बनाउँदै अन्तर्राष्टिय व्यापारमा रसुवाको जनशक्तिलाई जोडी रोजगार र स्वरोजगारको सृजना गर्न र शिक्षालाई राज्यको दायित्व भित्र पारी निःशुल्क, अनिवार्य, व्यवारीक र प्रतिस्पर्धी बनाउने हुनुभएको छ ।

स्वास्थ्यलाई राज्यको दायीत्व भित्र परी निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउन, निःशुल्क नहुँदासम्म केन्द्र, प्रदेश र स्थानीय सरकारसंग सहकार्य गरी स्वास्थ बिमाको व्यवस्था मिलाउन, भ्रस्टाचार, तस्कर लगायत विकृति विसंगतिलाई नियन्त्रण र निषेध गर्दै सुशासन कायम गर्न, लाङटाङ राष्ट्रिय निकुञ्ज संरक्षण गरी पर्यावरणीय सन्तुलन कायम गर्न, संविधानको रक्षा, स्थिरता र समृद्धिको लागि उहाँको योजना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)