शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

चुनाव जितेमा मोहन आचार्य मन्त्री बन्ने सम्भावना कति ?


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक २७, २०७९
  • 296
    SHARES

रसुवा। हिमाली जिल्ला रसुवाबाट आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य इन्जिनियर मोहन आचार्य मन्त्री बन्ने सम्भावना देखिएको छ । २०७४ को निर्वाचनमा जिल्लाबाट विजयी भई प्रतिनिधिसभा सदस्य बन्नुभएका आचार्य अहिले पुनः बिजयी भएमा मन्त्री बन्ने सम्भावना देखिएको हो ।

अहिले देशमा गठबन्धनको सरकार छ । त्यसमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ । नजिकिदो निर्वाचनमा पनि देशभर गठबन्धन कायमै रहेको छ । देशभरबाट आउने मतपरिणाममा गठबन्धनको बहुमत आउने सम्भाबना छ । त्यसैले पनि निर्वाचनपछि गठबन्धनको सरकार नै कायम रहने देखिएको छ ।

गठबन्धनको सरकार बन्दा देशको नेतृत्व पुनः कांग्रेसले नै गर्ने देखिएको छ । आचार्य यसअघि प्रतिनिधिसभा सदस्य बनिसक्नुभएको हुँदा अहिले विजयी भएमा हिमाली जिल्लाले देशको मन्त्री पाउने सम्भाबना देखिएको हो ।
निर्वाचनको दिन नजिकिदै जादा आचार्यलाई विजयी गराउन जिल्लाबासी लागिपरेका छन् । निस्वार्थ भावना रहेका आचार्यलाई विजयी बनाई देशको नेतृत्वमा पुर्याउने र जिल्लामा विकासका गतिविधि मार्फत जिल्लाको मुहार फेर्नेमा जिल्लाबासीले अपेक्षा गरेको छ ।

चुनावी प्रचारप्रसार अभियान अन्तर्गत घरदैलो अभियानमा लागेका गठबन्धनका एक नेताले भने, जिल्लाको विकासका लागि मोहन आचार्यको निस्वास्र्थ भावना छ, त्यसैले पनि हामी जिताउँछौँ, हाम्रो भोट उहाँलाई भयो भन्नुभएको छ, सबैले, उहाँलाई विजयी बनाई मन्त्रीको रुपमा पाइन्छकी भन्ने आम नागरिकको आशा छ, ।

गएको स्थानिय तहको निर्वाचनको परिणाम हेर्दा पनि उहाँ विजयी हुने देखिएको छ । स्थानीय निर्वाचनमा नेकपा एमालेले जिल्लाको पाँच वटै पालिकाको कुल १२ हजार २ सय ८७ मत, नेपाली कांग्रेसले १२ हजार १ सय ५५, माओवादी केन्द्रले ३२ सय २७ र एकिकृत समाजबादीले ४६ मत प्राप्त गरेका थिए । सोहि मत परिणाम समायोजन गर्दा गठबन्धनको मत कुल १५ हजार ४ सय ३९ हुन्छ भने एमालेको १२ हजार २ सय ८७ मत हुन आउँछ । यो परिणामलाई हेर्दा गठबन्धनको उम्मेदवारको मत ३१ सय ५२ बढी देखिएको छ । यसरी हेर्दा समग्रमा गठबन्धनको मत बढी देखिन्छ । आचार्य प्रतिनिधिसभा सदस्यमा पुनः दोस्रोपटक दोहोरिने सम्भावना बढी देखिन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }