बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आर्थिक विकास र समृद्धिका लागि गठबन्धन : केन्द्रिय सदस्य आचार्य


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक २७, २०७९
  • 367
    SHARES

रसुवा –  नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं रसुवाबाट प्रतिनिधिसभा उम्मेदवार ईन्जिनियर मोहन आचार्यले  पाएका उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिको लागि गठबन्धन बनेको बताउनुभएको छ । जिल्ला सदरमुकाम धुन्चेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले  देशमा सुशासन कायम गरि भ्रष्टाचार नियन्त्रणका लागि पाँच दलीय गठबन्धन अपरिहार्य रहेको बताउनु भयो।

रसुवाको संबृघ्दिनै आफ्नो प्रमुख प्राथमिक्तामा रहेको बताउदै उहाँले संविधानको रक्षा र देशको विकासका लागि पाँचदलीय गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

समुन्नत रसुवा, समृद्ध रसुवाली निर्माणको महाअभियान सफल बनाउनकालागि पनि गठबन्धनको उमेदवारलाई विजयी गराउन आवश्यक रहेको उहाँले बताउनु भयो।

कृषि, जलविद्युत, पर्यटन, व्यापार व्यवस्थापनको समन्वयात्मक विकास नै समृद्ध रसुवा निर्माणको आधार भएको उहाँले उल्लेख गर्नुभयो ।

अहिले नौकुण्ड वृहत खानेपानी योजना निर्माणको प्रक्रिया अघि बढेको उल्लेख गर्दै उहाँले यसका लागि बजेटको सुनिश्चितता गरी अहिले ईआईएको प्रक्रिया अघि बढेको बताउनु भयो ।

त्यसैगरी स्याउबारी हुँदै गोसाइकुण्डसम्म पुग्ने रणनितिक सडक निर्माण शुरु भएको र कालिकास्थान–जिवजिवे सडक अन्तर्गत धोवीखोला पुल, भोर्ले–दनुवास्वार–फलाखु खोलामा पक्कि पुल निर्माणको काम अघि बढेको उहाँले बताउनु भयो ।

बाहुनडाँडा–स्यो–ग्रे हुँदै डाँडागाउँ–ठुलोगाउँसम्मको ३० किलोमिटर सडक निर्माणका लागि बजेट व्यवस्थापन गरिएको उल्लेख गर्दै उहाँले  भोर्ले जाने पुल, चिलिमे जाने रोङ्गाको पुलका लागि सम्भाव्यता अध्ययनका लागि बजेट बिनियोजन भएको बताउनु भयो। त्यसैगरी सोमदाङ हुँदै टिमुरेसम्मको वैकल्पिक राजमार्गका लागिसमेत पहल भै रहेको उहााले बताउनु भयो ।

भौगोलिक रुपमा पिछडिएको बस्ती तिरुगाउँ सडक सञ्जालमा जोड्न सफल भएको र तिरुमा एकिकृत बस्ति निर्माण गरिएको बताउनु भयो।

उहाँले निर्वाचनपछि बन्ने काँग्रेसको सरकारले काँग्रेसले धोषणापत्र मार्फत अगाडी सारेका सबै प्रतिबध्दताहरुलाई क्रमश पूरा गर्दै लैजाने बताउनु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)