शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा सत्ता गठबन्धन बलियो बन्दै,पार्टी प्रवेश गर्नेको लहर


  • आशिष लामा
  • सोमवार, कार्तिक २८, २०७९
  • 349
    SHARES

 

रसुवा – रसुवा जिल्लामा सत्ता गठबन्धन झनै बलियो बन्दै गएको छ।आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि हुने निर्वाचनमा सत्ता गठबन्धनको लोकप्रियता देखेर विभिन्न पार्टी परित्याग गरि पार्टी प्रवेश गर्नेको दिनहुँ लहर चलेको छ।

चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानको क्रममा सोमबार जिल्लाको नौकुण्ड गाउँपालिका वडा न १ थाङ्दोर स्थित एक औपचारिक कार्यक्रमको बिच दर्जनौं प्रवेश गरेका छन।

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको रसुवामा दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन।


जिल्लाको सत्ता गठबन्धनको प्रदेश सभा निर्वाचन क्षेत्र (क) को साझा उम्मेदवार प्रभात तामाङ नेपाली कांग्रेसको हुनुहुन्छ।जिल्लालाई समृद्ध बनाउन आफुहरुको उम्मेदवारी रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा बोल्दै तामाङले जिल्ला भित्रको कृषकहरुलाई निर्वाहमुखी र आम्दानीमुलक कार्यहरुको पहल गरि बजेटको ब्यबस्थापनमा जोड दिने बताउनुभयो।

शिक्षा,स्वास्थ्य,यातायात र पर्यटन प्रवर्द्धन मा जोड दिई स्थानीय आयआर्जनमा जोड दिने समेत उहाँले बताउनुभयो।
जिल्लाको पार्टी प्रवेशको लहर र मतदाताले दिएको मायाले आफूहरु जितको एकदम नजिक रहेको समेत उहाँ ले बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }