बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हिमाली जिल्ला रसुवामा बहत्तर दशमलब सात छ प्रतिशत मत खस्यो

मत गणना भोलीबाट


  • माउन्टेन खबर
  • आइतवार, मंसिर ४, २०७९
  • 467
    SHARES

रसुवा-   हिमाली जिल्ला रसुवामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्बाचनमा बहत्तर दशमलब सात छ प्रतिशत मतदालाले मतदान गरेको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक मात्र प्रतिनिधि सभा सदस्य तथा दुई प्रदेश सभा सदस्यका लागि भएको निर्बाचनमा उत्साह जनक रुपमा मतदाताहरुले मतदान गरेका छन । उनान् चालिस हजार चार सय उनान्साट्टी मतदाता रहेको यस जिल्लामा अठाईस हजार सात सय तेह्जनाले मतदान गरेको जनाईएको छ । जिल्लामा चौतीस मतदान स्थल र बाउन्न मतदान केन्द्र रहेका छन भने दुई अस्थायी मतदान केन्द्रमा मतदाताले शान्ती पूर्ण रुपमा मतदान गरेका छन भन सबै मतदान केन्द्रमा शान्ती पूर्ण रुपले मतदान सम्पन्न भएको छ ।

मतदान स्थल बाट मत पेटिका ल्याउन संपूण तयारी पुरा गरि सकिएकाले आज राती दुई बजे सम्ममा लाङटाङको मत पेटिका बाहेक सबै मत पेटिका मतगणना स्थल सदरमुकाम धन्चेमा ल्याईने प्रमुख जिल्ला अधिकारी नबराज जैशीले बताउनुभयो लाङटाङको मत पेटिका भने भोली मात्र आई पुग्ने उहाँको भनाई छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)