बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँ सरकार गठनका लागि ठूला दलहरु मिलेर अघि बढौंः सांसद थापा


  • माउन्टेन खबर
  • बुधबार, मंसिर २१, २०७९
  • 413
    SHARES

भक्तपुर – नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलहरुले मिलेर अघि बढनुपर्ने बताउनु भएको छ ।

भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद थापाले ठूला दलहरुले नयाँ सरकार गठनबारे एकठाउँमा उभिएर बहस गर्नुपर्ने बताउनु भएको हो । राष्ट्रिय सञ्चार केन्द्र, नेपालले बुधबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले संविधानमाथि खेलबाड गर्ने काम हुन नदिन आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । संविधानमा संशोधन गर्नुपर्ने विषय भए त्यसलाई दलीय सहमतीको आधारमा अघि बढाउनुपर्ने तर संविधानमाथि खेलबाड गर्ने काम भने कसैले पनि गर्न नहुने सांसद थापाको भनाई थियो । सांसद थापाले ठूला राजनीतिक दलहरुले संविधानमाथि नै खेलबाड गर्ने गल्ती गरेकाले जनताले उनीहरुको विकल्पको खोजी गर्न पुगेको जिकीर समेत गर्नु भयो । उहाँले जनादेश विपरितका गतिविधि नगर्न पनि दलहरु सचेत हुनुपर्ने आवश्यक्ता औल्याउनु भयो । सांसद थापाले भन्नु भयो, ‘जनादेश विपरित जाने दलहरु समाप्त हुनेछन । हामीले गल्ती गरेकाले जनताले दलहरुको विकल्प खोजेका हुन । जनताले दिएको म्यान्डेट अनुसार अघि बढौं । विशेषगरी मूलधारका राजनीतिक दलहरु एक ठाउँमा बसौं । सरकारको बारेमा छलफल गरौं, बहस गरौं । प्रदेशको अधिकारको बारेमा बहस र छलफल गरौं । र, अव यो मुलुकको संविधानमा कतै संशोधन गर्नुपर्ने हुन सक्छ । तर, संविधान, देशको मूल कानुनमाथि नै खेलबाड नगर्ने प्रतिवद्धता जाहेर गर्नु पर्दछ जस्तो मलाई लाग्दछ ।’

त्यस अवसरमा काँग्रेस सांसद थापाले सबै राजनीतिक दलहरुसँग छलफल गरेर भक्तपुरको समग्र विकासमा आफू लागिपर्ने योजना समेत सार्वजनिक गर्नु भयो । उहाँले भक्तपुरलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न ख्वप विश्वविद्यालय स्थापना गर्ने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने दृढता समेत व्यक्त गर्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)