बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संघमा नयाँ सरकार गठनपछि मात्र बागमती प्रदेशमा सरकारको गठन प्रक्रिया सुरू हुने


  • माउन्टेन खबर
  • मङ्लबार, पुस ५, २०७९
  • 322
    SHARES

काठमाडौं । बागमती प्रदेशमा पनि नयाँ सरकार गठनको प्रक्रिया तत्काल सुरू नहुने भएको छ ।

संघमा नयाँ सरकार गठनको स्पष्ट समीकरण बनेपछि मात्र बागमती प्रदेश सरकारको गठन प्रक्रिया सुरू हुने भएकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले यहि पुस १० गतेभित्र संघीय सरकार गठनका लागि आह्वान गरेसँगै प्रदेश प्रमुख कार्यालय बागमती प्रदेशले त्यसपछि मात्र सरकार गठनको प्रक्रिया सुरू गर्ने तयारी गरेको हो ।

निर्वाचन आयोगले प्रदेश सभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाई सकेको छ । बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्ला भएपनि त्यसको प्रक्रिया भने एक साता पछिमात्र सुरू गरिने भएको छ । प्रदेश प्रमुख शर्माले सबैसँग परामर्शपछि मात्र सरकार गठनका लागि आह्वान गर्ने बताउनुभयो ।

आयोगले प्रतिवेदन पेश गरेको ३५ दिनभित्र प्रदेश सरकार गठन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेकाे छ । उहाँले पहिलो संसद बैठकपछि सरकार गठनको प्रक्रियाले तीव्रता पाउने पनि बताउनुभयो । सांसदहरुको शपथपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गर्ने छ ।

त्यसपछि मत्र प्रदेशमा सरकार गठनको प्रक्रियाले तीव्रता पाउने भएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)