आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेस प्रदेशमा हाम्रो दाबी स्वाभाविक : सिके राउत


  • माउन्टेन खबर
  • बिहिबार, पुस ७, २०७९
  • 322
    SHARES

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने बताएका छन्। बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन्।

मधेस प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वमभाविक रूपमा मुख्यमन्त्रीको दाबी रहने उनको तर्क छ। ‘हामीसँग संख्यात्मक रूपमा राम्रो संख्या छ। हामी निर्णायक भूमिकामा छौँ। मधेस प्रदेशमा नेतृत्वको दाबी छ। हामी तेस्रो ठूलो दल बनेका छौँ मधेस प्रदेशमा,’ उनले भने।

अध्यक्ष रावतले जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको उल्लेख गरे। अध्यक्ष राउतले मधेसमा शिक्षालाई ९५ प्रतिशतभन्दा माथि लैजाने अभियान सञ्चालन गर्ने बताए।

‘हाम्रो मेन एजेन्डा सर्भिस डेलिभरी हो। शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरू प्राथमिकतामा रहनेछन्। शिक्षालाई ९५ प्रतिशतभन्दा माथि लैजाने अभियान छ,’ उनले भने।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)