बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लगानी मैत्री वातावरण निर्माणकालागि लविङ गर्छु : सांसद मोहन आचार्य


  • माउन्टेन खबर
  • शुक्रबार, पुस ८, २०७९
  • 298
    SHARES

काठमाडौं । मुलुकमा लगानी मैत्री वातावरण निर्माणकालागि नीतिगत सुधार आवश्यक रहेकाले संसदमा नीजि क्षेत्र मैत्री नीति बनाउने काममा लाग्ने व्यवसायी समेत रहेका नेपाली कांग्रेसका सांसद ईन्जिनियर मोहन आचार्यले बताएका छन् ।

बिहीवार शपथग्रहण प्रश्चात संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद आचार्यले निजी क्षेत्रका पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको समस्या तथा बैंकको उच्च ब्यादर वृद्धिको कारण मुलुकमा औधोगिक बातावरण नरहेको बताए।

बैंकिङ तरलता अभाव र कमजोर पुँजीगत खर्चका कारण अर्थतन्त्र समस्यामा रहेको बताउदै  उनले बैंक ब्याजदर उच्च भएकाले उद्योग व्यवसाय चल्न नसक्ने अवस्था पुगेको बताए ।

नीजि क्षेत्र मैत्री कतिपय कानूनहरु लामो समयदेखि संसदमा नै थन्कि रहेकाले ती कानूनहरुलाई पास गराउन संसद र आफ्नो पार्टीमा लविङ गर्ने उनले बताए।

रोजगारिकालागि विदेशिने क्रममालाई रोक्ने पनि लगानी मैत्री बतावरण निर्माण गर्नु पर्ने उनले बताए।

पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्याहरु समाधानकालागि नयाँ सरकारले प्रमुख प्राथमिकतामा राखेर काम गर्नु पर्ने उनले बताए।

 

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)