बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश नं १ का सांसदको शपथ भोलि


  • माउन्टेन खबर
  • आइतवार, पुस १०, २०७९
  • 323
    SHARES

विराटनगर।  प्रदेश नं १ का प्रदेशसभा सदस्यले भोलि दिउँसो १ः३० बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई मध्याह्न १२ः३० प्रदेश सभाध्यक्षका रुपमा शपथ गराउनुहुनेछ । त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ गराउने कार्यकम तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रदेशसभामा पाँच जना सांसदले मातृ भाषमा लिनुहुने जनाइएको छ । इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्माला लिम्बूले मातृ भाषा ९यक्थुमरलिम्बू०मा शपथ लिने सचिव पराजुलीले जानकारी दिनुभयो ।

सांसदले सकेसम्म राष्ट्रिय पोसाक नभए सांस्कृतिक झल्किने पोसाकमा आउन सूचना जारी भएको र प्रदेशसभामा प्रत्येक सांसदलाई एक थान लोगो, एक थान ब्याग र केही पुस्तक उपलब्ध गराउने तयारी भएको बताइएको छ ।

प्रदेशमा सबैभन्दा ज्येष्ठ सांसद गनगाईंको जन्म २००० साल छ महिना २० गते भएको छ भने सबैभन्दा कान्छो सांसद बन्दना झाँगरको जन्म २०४३ साल तीन महिना १५ गते भएको हो । नवनिर्वाचित सांसदका निम्ति प्रदेशसभा हल एवं सचिवालय रङरोगन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)