शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश नं १ का सांसदले लिए शपथ


  • माउन्टेन खबर
  • सोमवार, पुस ११, २०७९
  • 208
    SHARES

विराटनगर । प्रदेश नं १ का प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेशसभाका सभाध्यक्ष एवं ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले ९२ जना सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रदेशसभामा निर्मल लिम्बू, खगेनसिं हाङ्गाम, इन्द्रबहादुर आङ्बो, खिनु लङ्वा लिम्बू र कमलप्रसाद जवेगुले लिम्बू भाषामा तथा सुनिता गच्छदारले थारू भाषामा शपथ लिनुभयो ।

सभाध्यक्ष मण्डलले जनतालाई दिएको वाचा पूरा गर्न ईश्वरका नाममा शपथ लिनुभएका प्रदेशसभा सदस्यहरूले आफ्ना जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । सो समारोहमा प्रदेशसभा सदस्यहरू राष्ट्रिय पोसाक तथा सांस्कृतिक झल्किने पोसाकमा सजिएर आउनुभएको थियो ।

शपथ ग्रहण पछिको आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सभाध्यक्ष मण्डलले अहिलेको यो जिम्मेवारीलाई मैले अवसरका रूपमा लिएको बताउँदै सबै सदस्यहरूले भाइचाराको सम्बन्ध बनाएर प्रदेशसभाको काम पूरा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेशसभामा तत्काल सम्पादन गर्नुपर्ने काम गर्ने प्रतिबद्धता व्यक्त गनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }