बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश नं १ का सांसदले लिए शपथ


  • माउन्टेन खबर
  • सोमवार, पुस ११, २०७९
  • 312
    SHARES

विराटनगर । प्रदेश नं १ का प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेशसभाका सभाध्यक्ष एवं ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले ९२ जना सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रदेशसभामा निर्मल लिम्बू, खगेनसिं हाङ्गाम, इन्द्रबहादुर आङ्बो, खिनु लङ्वा लिम्बू र कमलप्रसाद जवेगुले लिम्बू भाषामा तथा सुनिता गच्छदारले थारू भाषामा शपथ लिनुभयो ।

सभाध्यक्ष मण्डलले जनतालाई दिएको वाचा पूरा गर्न ईश्वरका नाममा शपथ लिनुभएका प्रदेशसभा सदस्यहरूले आफ्ना जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । सो समारोहमा प्रदेशसभा सदस्यहरू राष्ट्रिय पोसाक तथा सांस्कृतिक झल्किने पोसाकमा सजिएर आउनुभएको थियो ।

शपथ ग्रहण पछिको आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सभाध्यक्ष मण्डलले अहिलेको यो जिम्मेवारीलाई मैले अवसरका रूपमा लिएको बताउँदै सबै सदस्यहरूले भाइचाराको सम्बन्ध बनाएर प्रदेशसभाको काम पूरा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेशसभामा तत्काल सम्पादन गर्नुपर्ने काम गर्ने प्रतिबद्धता व्यक्त गनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)