
रसुवा। रसुवा-जिल्लाको नौकुण्ड गाउँपालिकामा आ.व.२०७८/७९ को बार्षिक प्रगति र आ.व.२०७९/८० को कार्यक्रम सम्बन्धि सुनुवाइ भएको छ।
नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घलेको अध्यक्षत्तामा भएको सार्वजनिक सुनुवाइमा उपाध्यक्ष चन्द्र बहादुर तामाङ,प्रमुख प्रशासकिय अधिकृत नेत्रराज गिरि,सबै वडाको वडाध्यक्षहरु,बिषयगत शाखाको प्रमुखहरु र स्थानिय नागरिक समाज,सुरक्षाकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा सबै बिषयगत शाखाको प्रमुखहरुले बिगतमा भएको कार्य प्रगती र आगामी हुने कार्यक्रमको बारेमा सवालजवाफ गरेको थियो।
कार्यक्रममा सवालजवाफ गर्दै स्थानीय स्तरमा भए गरेको विकास निर्माणको कार्यहरूमा अनुगमनको कमि तथा बोलपत्र मार्फत हुने कार्यहरूको ढिलासुस्तीको कारणले विकास निर्माणमा वृद्धि नभएको स्थानीयहरुको गुनासो रहेको छ।
कार्यक्रममा बोल्दै नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घले ले आफुहरुको अहिले सम्मको कार्य पारदर्शिता र जवाफदेही रहेको बताउनुभयो।भौतिक निर्माणको प्रगति,सडक बिस्तार,अस्पताल निर्माण र सरकारी निकायहरुमा पुर्ण ईन्टरनेटको प्रबन्ध मिलाएको समेत उहाँले बताउनुभयो।