शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

‘सोनाम ल्होसार’पर्वले पारस्पारिकता कायम गर्न सफलता मिलोस : काँग्रेस केन्द्रिय सदस्य आचार्य


  • माउन्टेन खबर
  • आइतवार, माघ ८, २०७९
  • 365
    SHARES

रसुवा । काँग्रेस केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य ई. मोहन आचार्यले तामाङहरूको महान् पर्व ‘सोनाम ल्होसार २०७९’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “जातीय तथा सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा तामाङ समुदायले यस पर्वलाई नयाँ वर्ष तथा न्वागी पूजाका रूपमा हर्षोल्लासपूर्वक धुमधामसँग मनाउने गर्दछन् । जसले आपसी मनोरञ्जन दिनुका साथै हामीबीचको बन्धुत्व, सद्भाव र पारस्पारिकता कायम गर्न मद्दत पुगेको छ ।” मुलुकमा प्रचलित यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नु हाम्रो दायित्व भएको उहाँले बताउनुभएको छ ।

केन्द्रिय सदस्य आचार्यले तामाङ समुदायको यस पर्वले सबै नेपालीमा नयाँ उमङ्ग ल्याउन र शान्तिको सन्देश फैलाउँदै राष्ट्रिय एकता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }