बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

१० औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि कालिका गाँउ पालिकालाई ( फोटो फिचर )

विद्यार्थीको प्रतिभा उजागर गर्न प्रतियोगिताले महत्त्वपुर्ण भुमिका खेल्छ : सांसद आचार्य


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १४, २०७९
  • 421
    SHARES

रसुवा । १० औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १५ स्वर्णसहित २४ पदक जितेर कालिका गाउ पालिकाले उपाधि हात पारेको हो । कालिका हिमालय बिद्यालय कालिकास्थान स्थित खेल मैदानमा फागुन १० ,११,१२ र १३ गतेसम्म प्रतियोगिता चलेको थियो ।

यस्तै गोसाईकुण्ड गाउ पालिका २१ पदकसहित प्रतियोगितामा दोस्रो बनेको छ ।गोसाईकुण्डले ४ स्वर्ण, ९ कास्य र ८ रजत पदक प्राप्त गरेको छ । यस्तै नौ कुण्ड गाउँपालिका तेस्रो बनेको छ ।

नौ कुण्डले ४ स्वर्ण, ७ कास्य र ११ रजत गरी २२ पदक प्राप्त गरेको छ । सान्त्वना उत्तरगया गाउँपालिका बनेको छ ।उत्तरगयाले ४ स्वर्ण, तीन कास्य र ७ रजत गरी कुल १४ पदक पाएको छ ।

यस्तै आमाछोदिङमो ४ रजत पदक हात पारेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुजन न्यौपानेले जानकारी दिनुभयो ।

जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुने खेलाडी र समूह प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुने खेलकुद विकास समितिका कार्यालय सचिव रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सुजन न्यौपानेको सभाअध्यक्षतामा भएको समापन समारोह कार्यक्रमका प्रमुख अतिथि सघीय सासद ईन्जीनियर मोहन आचार्य रहनु भएको थियो ।

प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि सघीय सांसद एंव काग्रेस केन्द्रिय सदस्य ई. मोहन आचार्यले आजका बालबालिका भोलीका देशका कर्णाधार भएकाले विद्यार्थीको प्रतिभा उजागर गर्न प्रतियोगिताले महत्त्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।

रसुवामा गुणस्तरिय शिक्षा विकासकालागि आफुले जोडदिदै आएको बताउदै उहाँले शैक्षिक र खेलकुद पूर्वाधार विकासमा लागिरहेको बताउनु भयो। खेलले मानिसलाई अनुसाशित बन्न सिकाउने बताउदै उहाँले खेलकुद प्रतियोगितामा सहभागी  खेलाडी बिद्यार्थीहरुले बिजय हुदा मातिने र पराजित हुदा आतिने गर्नू हुदैन भन्नु भयो।

खेलकुदको माध्यमबाट हामीले हाम्रो समाजभित्र भई रहेका कुपथा, कुसंस्कार लगाएतका बिभिन्न किसिमका कुलतहरुमा संग्लन रहेका युवा युवतीहरुलाई  परिबर्तन गर्न सक्ने पनि उहाँले बताउनु भयो।

बिद्यार्थीहरुको भविष्य उजागर गर्न खेलकुदको पनि महत्त्वपूर्ण भुमिका हुने भन्दै उहाँले रसुवाको ईज्जत बढाउने खेलाडीलाई ठुलै राशीको पुरस्कार दिने घोषणा समेत गर्नु भयो।

बिशिष्ट अतिथीमा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार घिमिरे ,कालिका गाउ पालिकाका अध्यक्ष हरिकृण्ण देवकोटा , प्रमुख जिल्लाअधिकारी प्रकाशचन्द्र अधिकारी रहनू भएका थियो भने अथितिमा उत्तरगया गाउ पालिकाका उपाध्यक्ष चमेली गुरुङ, नौकुण्ड गाउ पालिकाका उपाध्यक्ष चन्द्र बाहादुर घलान ४ वटै पालिकाका वडाअध्यक्ष लगायत शिक्षक, विद्यार्थी लगायत बिभिन्न संघसस्थाका प्रतिनिधिहरु रहनु भएको थियो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)