शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश नामकरण विरोध : विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १४, २०७९
  • 239
    SHARES

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । कोशी नामकरणको विरोधमा प्रदर्शनकारीले गरेको आन्दोलनका क्रममा झडप भएको हो ।

प्रहरील पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शनमाथि नियन्त्रण लिने क्रममा अश्रुग्यास र लाठीचार्ज गरेको छ । प्रदर्शनकारीहरुले पनि प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।

प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको छ । पहिचान पक्षधरहरुले नामकरणको विरोधमा निरन्तर आन्दोलन गरिरहेका छन् । यही चैत ५ गते भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बूको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो । उनको मृत्युपछि आन्दोलन अझ चर्किएको छ ।

मंगलबार पनि प्रदर्शनकारीहरुले मुख्यमन्त्री कार्यालयबाहिर प्रदर्शन गरेका छन् । प्रहरीलाई उनीहरुलाई लखेट्ने क्रममा झडप भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }