बुधबार, अशोज १७, २०८०

मधेश प्रदेश सरकारबाट बाहिरियो एमाले


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २१, २०७९
  • 134
    SHARES

जनकपुर। मधेश प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीहरुले सामुहिक राजीनामा दिदै सरकारबाट बाहिरिनुभएको हो । एमालेका मन्त्रीहरुको राजनीनामा स्वीकृत भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाँच जना मन्त्रीको मंगलबार राजीनामा स्वीकृत गर्दै उहाँहरुले सम्हाल्दै आउनुभएको जिम्मेवारी आफैले सम्हाल्नेगरी प्रदेश प्रमुखलाई सिफारिश पठाउनुभएको छ ।

मधेश प्रदेश सरकारमा एमालेका चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त हुनुभएको थियो । एमालेबाट मधेश प्रदेशको संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंह, कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री राजकुमार लेखी र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहम्मद जैद आलम र गृह तथा सञ्चार राज्यमन्त्री केशव राय नियुक्त हुनुभएको थियो । राजीनामा स्वीकृत गरिएको मुख्यमन्त्री यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ