शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पाकिस्तानी दूतावासद्वारा १९८ नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ११, २०८०
  • 113
    SHARES

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले १९८ जना नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

काठमाडौंको होटल म्यारिएटमा आयोजित विशेष समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यार्थीहरूलाई ‘एम्बेसडर अफ पाकिस्तान स्कलरसिप’ हस्तान्तरण गरेका हुन् । देशभरिबाट छानिएका उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको दूतावासले जनाएको छ । यो वर्ष देशभरका ४३ स्कुलका १९८ जनालाई छात्रवृत्ति दिइएको छ । जसमा एक उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान गरिएको छ ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पाकिस्तानी दूतावासले गरेको यो सहयोगबाट दुई देशबीचको जनता–जनताबीच शिक्षाको क्षेत्रमा प्रगाढ सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरे ।

यो दुई देशबीचको निकट सम्बन्धको प्रतीक भएको भन्दै छात्रवृत्ति प्रदान गरेर नेपाली विद्यार्थीहरूको हौसला बढाएकोमा धन्यवाद दिए ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार हासिमीले छात्रवृत्ति कार्यक्रम विस्तार गर्ने र दुई देशको द्विपक्षीय सम्बन्ध बलियो बनाउने संकल्प र इच्छा व्यक्त गरे ।

उनले शिक्षा, खेलकुद, सामाजिक गतिविधिमा नेपाली युवाहरूलाई प्रोत्साहित गर्नु आफूहरूको उद्देश्य भएको बताए । सन् २०१३ मा सुरु भएको छात्रवृत्ति कार्यक्रम हरेक वर्ष वृद्धि गर्दै लगिएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }